कांग्रेस महासमिति बैठक तयारीका लागि समिति गठन
असोज ८, २०८० सोमबार
काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिगको पुछारमा रहेको खुमलटार फुटबल क्लबले हिमालयन शेर्पालाई हराएकाे छ ।
त्रिपुरेश्वरकाे दशरथ रङ्गशालमा भएकाे खेलमा खुमलटारले हिमालयन शेर्पालाई २–१ गोलले हरायाे । खुमलटारका लागि मेसुके ओलोमोउ र स्टेफन समिर विनोङले गोल गरे । शेर्पाका म्यानुयल नानाले गाेल गरे ।
याे जितपछि पनि खुमलटार अङ्क तालिककाे पुछारमै छ । उसकाे २२ खेलमा २४ अङ्क छ । हिमालयन शेर्पा उति नै खेलमा २९ अङ्कसहित नवाैँ स्थानमा छ ।
यस्तै आजै त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबलाई हराएको छ । पुलिसले फ्रेन्ड्सलाई २–१ गाेलले हरायाे । पुलिसका लागि अञ्जन राईले २ गाेल गरे । फ्रेन्ड्सका विकास थापाले गाेल गरे ।
याे जितसँगै पुलिस अङ्क तालिकाकाे चाैथाे स्थानमा उक्लिएकाे छ । पुलिसकाे २२ खेलमा ३१ अङ्क छ । फ्रेन्ड्स उति नै खेलमा २४ अङ्कसहित पुछारबाट दाेस्राे स्थानमा छ ।