एम बैंकबाट आईएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई हजार रुपैयाँ क्यासब्याक

 जेठ १६, २०८० मंगलबार १२:२७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ ले एम बैंकमार्फत् आईएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई एक हजार रुपैयाँ क्यासब्याक गर्ने भएकाे छ । 

सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानीतर्फ प्रेरित गर्ने उद्देश्यकासाथ क्यासब्याककाे अफर ल्याइएकाे कम्पनीले जनाएकाे छ ।

अफर अन्तर्गत प्रत्येक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले एक हजार रुपैयाँ क्यासब्याक जित्न सक्नेछन् । क्यासब्याकको रकम विजेतालाई वालेटमा प्रदान गरिने कम्पनीले जनाएकाे छ । यो क्यासब्याक अफर केही समयावधिका लागि मात्र लागू हुने भएकाे छ । 

केही समययता आईएमई पे र एम बैंकबीच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उद्देश्यकासाथ यो सम्झौता भएको थियो । सम्झौता पत्रमा आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले हस्ताक्षर गर्नु भएको थियाे ।

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया