चर्च ब्वाइजले एपीएफ क्लबलाई हरायाे

 जेठ १६, २०८० मंगलबार २०:२३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडले सशस्त्र प्रहरीकाे एफीएफ क्लबलाई हराएकाे छ ।

आज मङ्गलवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा चर्च ब्वाइजले एपीएफलाई ४–१ गोलले हरायो । चर्च ब्वाइजको जितमा कप्तान अनन्त तामाङले दुई तथा मौसम सुब्बा र आशिष चौधरीले १/१ गोल गरे ।

चर्च ब्वाइज अङ्क तालिकाकाे शीर्ष स्थानमा कायमै छ । याे जितसँगै चर्च ब्वाइजकाे २३ खेलमा ४१ अङ्क भएकाे छ । एपीएफ उति नै खेलमा २९ अङ्कसहित छैटाैँ स्थानमा छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया