अत्यधिक गर्मीका कारण सुनसरीका तीन पालिकाका विद्यालय बन्द

 जेठ १८, २०८० बिहिबार ८:२१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दुई दिनदेखि बढेको अत्यधिक गर्मीका कारणले सुनसरीका तीन पालिकाका विद्यालयमा बिदा दिइएको छ ।

इनरुवा नगरपालिकाले आजदेखि २४ गते बुधवारसम्मका लागि बिदा दिएको मेयर केदार भण्डारीले जानकारी दिनुभयो ।

गर्मीका कारण बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेकाले बर्खे बिदाबाट कट्टा हुनेगरी बिदा मिलाइएको उहाँले बताउनुभयो ।

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाले पनि आजदेखि २३ गते मंगलवारसम्म विद्यालयमा बिदा दिएको गाउँपालिका प्रमुख अजमल अख्तर अजादले जानकारी दिनुभयो ।

यसैगरी इटहरी उपमहानगरले आज र भोलि बिदा दिएको उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

केही दिनयता तराईका जिल्लासहित देशभर गर्मी बढेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया