१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपालमा धर्मको संख्या १० वटा कायम भएको छ । राष्ट्रिय जनगणना, २०७८ को तथ्याँकअनुसार जातजातिको संख्या १४२ र मातृभाषा संख्या १२४ कायम भएको छ ।
राष्ट्रिय तथ्याँक कार्यालयका अनुसार जनगणनाको क्रममा उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञसमूहको सिफारिस अनुसार जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको हो । २०६८ को जनगणनामा जातजाति १ सय २५ रहेकामा अहिले १७ थप भएको छ ।
कार्यालयका अनुसार २०६८ को जनगणना अनुसार १ सय २३ वटा मातृभाषा थिए । अहिले 'अन्य भाषा' समेत जाेडेर मातृभाषाकाे सङ्ख्या एक सय २४ कायम गरेकाे छ । १२ वटा विदेशी भाषा बोल्ने एकदमै न्यून व्यक्तिहरुको संख्या र अहिले नयाँ थप भएका १३ वटा समेतलाई जाेडेर 'अन्य भाषा'मा राखिएकाे हाे ।
यस्तै नेपालमा ८१ प्रतिशतभन्दा धेरै मानिसले हिन्दु धर्म मान्ने गरेको पनि तथ्याङ्कमा उल्लेख छ । २०७८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना अर्थात् ८१ दशमलव १९ प्रतिशतले आफ्नो धर्म हिन्दु भएको बताएका छन् । यस्तै २३ लाख ९३ हजार ५४९ जना अर्थात् ८ दशमलव २१ प्रतिशतले बौद्ध धर्म मान्ने गरेका छन् । ५ दशमलव ०९ प्रतिशतले इस्लाम, ३ दशमलव १७ प्रतिशतले किराँत र १ दशमलव ७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
*जातजाति हुनुपर्नेमा यसअघि जनजाति भएकाेमा सच्याइएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
चाम्लिङ युबराज
Aug. 29, 2023, 7:13 p.m.सबै धर्मको मर्म मान्याता हुन्छ मलाइ लाग्छ अरु पनि धर्म मान्ने धेरै नेपाली हरु छ सर्कारी तथ्यांक मा आटाउन सकेको छैन सबै धर्म को सम्रछेन हुन जरुरी छ
Krishna sedhai
June 6, 2023, 10:28 p.m.हिन्दु राज्री घोषणा होस ८१% भन्दा बढिले यहि धर्म मान्दा रहेछन
farmar
Aug. 29, 2023, 7:17 p.m.सबै धर्म को सम्मान हुन पर्छ धर्म सानो र ठुलो हुदैन धेरै ले थोरैलाइ मिच्न खोजो भने स्तिती सोचेजस्तो हुदैन सबैलाइ अफ्ठेरो हुन्छ