१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
जकाठमाण्डाै - तराईका जिल्लामा अझै केही दिन तातो हावा र लू चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । केही दिनदेखि तराईका धेरैजसो जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा धेरै छ । केही ठाउँमा ४१ डिग्री सेल्सियसको हाराहारीमा समेत पुगेको छ ।
बिहान सबेरैदेखि बेलुकासम्म नै घाम चर्किँदा तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार अधिकतमसँगै न्यूनतम तापक्रम समेत बढिरहेकाले गर्मी धेरै भएको छ । अझै केही दिनको मौसम यस्तै रहने अनुमान रहेकाले सतर्कता अपनाउन मौसमविद् अधिकारीको सुझाव छ ।
यस्तै, पहाडी जिल्लामा पनि गर्मी बढेको छ । पहाडी केही ठाउँमा बेलुकीपख मौसम आंशिक बदली भए पनि पानी परेको छैन । गर्मी लगातार बढिरहेकाले खानपान र सरसफाइमा ख्याल गर्न स्वास्थ्य विज्ञले आग्रह गर्दै आएका छन् ।
घाम चर्किएको बेला सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परे छाता ओड्न वा टोपी लगाउन डाक्टर प्रेम पाण्डेको अनुरोध छ ।
यस्तै, फलफूलको रस र शुद्ध पानी र धेरै पसिना बगे कहिलेकाहीँ जीवनजल पिउन, चिसो पानीले नुहाउन, चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउन, खेतबारीको काम सकभर बिहान र बेलुका मात्रै गर्न तथा दाल, सुप जस्ता नुनिलो झोल पदार्थ पिउन डाक्टरको सुझाव छ ।
गर्मी, तातो हावा र लू का कारण श्वास फेर्न गाह्राे भए, टाउको बेस्सरी दुखे, छाला रातो वा तातो भए र बेहोस हुने जस्ता स्वास्थ्य समस्या देखिए तुरुन्त अस्पताल लैजान डाक्टरको सल्लाह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।