याैन दुर्व्यवहारकाे आराेपमा पक्राउ परेका मदन राई धराैटीमा रिहा

 जेठ २२, २०८० सोमबार १९:३१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

खोटाङ – यौन दुर्व्यवहारकाे आराेपका पक्राउ परेका खोटाङका कृषिविज्ञ मदन राई धरौटीमा रिहा भएका छन् ।

छात्रालाई यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा गएकाे वैशाख २९ गते पक्राउ परेका कृषिविज्ञ राई आज साेमवार पुर्पक्षका लागि चार लाख रुपैयाँ धरौटीमा छुटेका जिल्ला अदालत खोटाङका स्रेस्तेदार रामाकान्त यादवले जानकारी दिनुभयाे । 

राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा रहेकाे शुभद्रा मदन (शुभम) फाउन्डेशनका संस्थापक/सञ्चालक हुन् । फाउन्डेशनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीया छात्राले राईले आफूलाई यौन दुर्व्यवहार गरेको उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा राई पक्राउ परेका थिए । 

जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको एकल इजलासले मुद्दाकाे फैसला नभएसम्म पीडित छात्राकाे अन्तरिम संरक्षणका लागि फाउन्डेशनमा जान नपाउने गरी धरौटी तारेखमा रिहा गरेको हो । आरोपीविरुद्ध जेठ २१ गते सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा बाल यौन दुरुपयोगसम्बन्धी अभियोग पत्र दायर गरेकाे थियाे । अभियोगपत्रमा राईलाई तीन वर्ष कैद र ७५ हजार रुपैयाँ जरिबाना माग गरिएको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया