वामदेव गाैतमकाे पार्टी सदस्यता एमालेमै छ : ओली

 जेठ २४, २०८० बुधबार १८:२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामदेव गाैतमकाे पार्टी सदस्यता एमालेमै रहेको बताउनुभएकाे छ । 

बुधवार दिउँसाे सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उमेर हद हटाउने हो भने वामदेव गौतमले एमालेमा आउने कुरा गर्नु भयो नि भनी प्रश्न गरेका थिए । ओलीले अब थप केही कुरा छ र भन्ने प्रतिक्रिया दिनुभयो । 

उहाँले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताउनुभयो । ओलीले भन्नुभयो, ‘उहाँले सदस्यता त्यहीँ (एमालेमा) छ भन्नुभयो होइन । अनि कुरा बाँकी छ केही थप कुरा ? उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनुभयो । एकता अभियान चलाउनुभयो । त्यो अभियानमात्रै हो । पार्टी खोलेको होइन । उहाँको पार्टी सदस्यता एमालेमै छ ।’

अध्यक्ष ओलीले एमालेमा जान्छु भन्ने गौतमको भनाइ ठिक भएको पनि बताउनुभयो ।

आजै गाैतमले सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरूसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिनुभएको थियाे ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया