लियाेनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने

 जेठ २४, २०८० बुधबार २०:३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन् ।

पेरिस सेन्ट जर्मेइन (पीएसजी) क्लबबाट बाहिरिएपछि मेस्सीले साउदी अरेबियाको अल–हिलालबाट आएको थप आकर्षक प्रस्ताव अस्वीकार गर्दै अमेरिकी क्लब मियामी जाने पक्का गरेका बीबीसीले जनाएको छ ।

मेस्सीले अब पहिलो पटक युरोपबाहिरको क्लबमा आबद्ध रहेर खेल्नेछन् । उनी अर्को सिजनका लागि युरोपमा रहन चाहे पनि सन्तोषजनक प्रस्तावहरू प्राप्त नभएपछि इन्टर मियामी वा अल–हिलालमात्रै विकल्प थियो । उनीसँग पहिले नै मियामीमा एउटा घर छ जुन उनले अहिले भाडामा दिएका छन् ।

३५ वर्षीय फरवार्ड मेस्सीले सात पटक विश्वको सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् र गएकाे वर्ष अजेन्टिनालाई विश्व कपको उपाधि दिलाएपछि यो वर्षको अन्त्यमा समेत अवार्ड जित्ने सम्भावना छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया