१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
बझाङ - बझाङको सुर्मा गाउँपालिका वडा नम्बर–४ का वडाअध्यक्ष सर्जन बोहराको निधन भएको छ । केही समयदेखि बिरामी उहाँको ३८ वर्षको उमेरमा मङ्गलवार राति निधन भएको हो ।
कलेजाेमा खराबी, सुगर, जन्डिसलगायत रोगबाट पीडित बोहरा नेपालगञ्जमा उपचार गरी घर फर्किनुभएको थियो ।
बोहरा २०७९ को पालिका चुनावमा नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित हुनुभएको थियो । सुर्मा गाउँपालिकामा एमालेबाट निर्वाचित हुने बोहरा एक मात्रै वडाअध्यक्ष हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।