स्कटल्यान्डसँगकाे खेलमा नेपाल १ सय ३५ रनमै अलआउट

 जेठ २५, २०८० बिहिबार १६:३३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी विश्व कप छनोटका लागि अन्तिम तयारीमा रहेको नेपाल स्कटल्यान्डसँगकाे पहिलाे एकदिवसीय अभ्यास खेलमा १ सय ३५ रनमै अलआउट भएकाे छ । 

बिहीवार दक्षिण अफ्रिकाकाे प्रिटाेरियामा टस हारेर ब्याटिङ गरेकाे नेपालले २८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३५ रन बनाएकाे हाे । नेपालका कुशल मल्लले ३७ र आसिफ शेखले २८ रन बनाए पनि अन्य खेलाडीले राम्राे प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ स्कटल्यान्डका ब्रेन्डन म्याकुमलन ज्याक जार्विसले ३/३ विकेट लिए । 

नेपालले दाेस्राे अभ्यास खेलमा शनिवार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपाली टोली अघिल्लो हप्ता मङ्गलवार दक्षिण अफ्रिका गएको थियो ।

नेपाल दक्षिण अफ्रिकाबाटै जिम्बाब्वे जानेछ । जिम्बाब्वेमा हुने  विश्व कप छनोट प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह 'ए' मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । असार ३ मा जिम्बाब्वेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । समूह 'बी' मा श्रीलङ्का, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई रहेका छन् ।

हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा समूह 'बी' बाट आउने तीन टोलीले समूह 'ए' का तीन टोलीसँग खेल्नेछन् । त्यसपछि शीर्ष दुई टोली फाइनलमा पुग्दै भारतमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

1 Comments

  • Keshab sharma

    June 8, 2023, 9:31 p.m.

    सन्दिप जस्ता खेलाडी ले मनोबल गिरायर त खेल्न गाका छन अनि कसरी जितिन्छ।नेपाल जस्तो देश ले यहाँ सम्म पुग्नु ठुलो कुरा हो देश यस्तो अबस्थामा पुग्दा खेलाडी ले यत्तिको पर्दर्शन गर्नु लाई म त ठुलो मानेको छु।

  •  0 Reply

तपाईको प्रतिक्रिया