विश्व टेस्ट च्याम्पियनशिप : पहिलो पारीमा अस्ट्रेलियाले ४ सय ६९ रन बनायो

 जेठ २५, २०८० बिहीबार १९:१८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी विश्व टेस्ट च्याम्पियनशिप २०२३ को फाइनलको पहिलो पारीमा अस्ट्रेलियाले ४ सय ६९ रन बनाएको छ ।

इङ्ग्ल्यान्डको द ओभलमा अस्ट्रेलिया आज बिहीवार दाेस्राे दिनकाे खाना समयपछि ४ सय ६९ रन बनाउँदा अलआउट भयो । अस्ट्रेलियाका ट्रेभिस हेडले १ सय ६३ र स्टेभिन स्मिथले १ सय २१ रन बनाए । भारतका मोहम्मद सिराजले ४ र शार्दुल ठाकुरले २ विकेट लिए ।

भारतले पछिल्लो १० वर्षदेखि आईसीसीका कुनै पनि प्रतियोगिताको उपाधि जितेको छैन । भारतले २०१३ मा इङ्ल्यान्डलाई हराएर आईसीसी च्याम्पियन्स ट्रफी जितेयता आईसीसीका प्रतियोगिताको उपाधि जितेको छैन ।

भारत पहिलो संस्करणको टेस्ट च्याम्पियनशिपको उपविजेता हो । २०२१ मा भएको फाइनलमा भारत न्युजिल्यान्डसँग पराजित भएको थियो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया