एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – सशस्त्र प्रहरीकाे एपीएफ क्लबलाई हराउँदै फ्रेन्ड्स क्लब याे संस्करणकाे शहीद स्मारक 'ए' डिभिजन लिगमा 'रेलिगेशन जाेन' मा पर्नबाट जाेगिएकाे छ ।
आज शुक्रवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे आफ्नाे अन्तिम खेलमा फ्रेन्ड्सले एपीएफलाई ४–० गाेलले हरायाे । फ्रेन्ड्सका लागि टोरिक जेब्रिन, विकास थापा, राफिक अमिनु र अखरबेक उक्तामोभले १/१ गोल गरे ।
याे जितसँगै रेलिगेशनमा पर्नबाट बचेको फ्रेन्ड्सले २६ खेलमा ३० अङ्क जाेडेकाे छ । फ्रेन्ड्स अङ्क तालिकाकाे ११ औँ स्थानमा छ । एपीएफकाे पनि ३० अङ्क नै रहे पनि हेड टु हेडमा फ्रेन्ड्सभन्दा पछि १२ औँ स्थानमा छ । एपीएफलाई रेलिगेशनको डर कायमै छ ।
भाेलि शनिवार लिगको अन्तिम खेलमा थ्री स्टारले जावलाखेलसँग खेल्दैछ । त्याे खेलमा थ्री स्टार विजयी भए रेलिगेशनमा पर्नबाट जाेगिनेछ । यदि थ्री स्टारले बराबरी खेले वा हारेमा एपीएफ रेलिगेशनमा पर्नबाट जाेगिनेछ ।
यस्तै आजै च्यासल मैदानमा भएकाे खेलमा नेपाल पुलिस क्लबले सातदाेबाटाेलाई १–० गाेलले हरायाे । याे जितसँगै पुलिसले ४१ अङ्कका साथ तेस्राे स्थानमा रहँदै प्रतियाेगिता सकेकाे छ ।
यस्तै एन्फा कम्प्लेक्समा भएकाे खेलमा चर्च ब्वाइज युनाइटेडले एफसी खुमलटारलाई २–० गाेलले हराएकाे छ । चर्च ब्वाइजका लागि सुशील शाह र जोस्पे बेम्पाले १/१ गोल गरे । याे हारसँगै खुलमटार रेलिगेशनमा परेकाे छ । चर्च ब्वाइज भने यसअघि नै च्याम्पियन भइसकेकाे छ । १४ टोली सहभागी 'ए' डिभिजन लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर 'बी' डिभिजनमा घटुवा हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।