चितवनकाे बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एक जनाको ज्यान ...
असोज ७, २०८० आइतबार
काठमाण्डाै - नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् ।
गैँडाकोट नगरपालिका–३ हर्दी केलादीमा रहेको कालीगण्डकी नदीमा नुहाउन गएका दुई जना डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो ।
गैँडाकोट नगरपालिका–२ शिलान्यास चोक बस्ने २५ वर्षका रमेश चालिसे र चितवनको रत्ननगर नगरपालिका–२ टाँडी बस्ने २४ वर्षका सुरज सुवेदी नदीमा बेपत्ता भएका हुन् । प्रहरीका अनुसार गर्मी छल्न भन्दै उनीहरु नदीमा नुहाउन गएका थिए । प्रहरीका अनुसार बेपत्ता भएका दुवै जनाको खोजी भइरहेको छ ।