१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
पाल्पा – गर्मी बढेपछि पाल्पाको रामपुर नगरपालिकाले नगरभित्रका सम्पूर्ण शैक्षिक संस्थामा आज साेमवारदेखि पाँच दिनसम्म बिदा दिएको छ ।
गर्मी बढेपछि विद्यालय सञ्चालनमा कठिनाइ भएकोले बिदा दिएको रामपुर नगरपालिकाकाे शिक्षा शाखाले जनाएको छ । शिक्षा शाखाको निर्णयअनुसार आजदेखि असार १ गतेसम्म नगरभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेश्वरीमा बिदा दिने निर्णय भएको हो ।
नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेले गर्मीले विद्यार्थीको स्वास्थ्यमा असर परेको भनी विभिन्न विद्यालय, अभिभावकबाट गुनासो आएपछि विद्यालय बन्द गरिएको जानकारी दिनुभयो । बर्खे र हिउँदे बिदामा मिलान हुने गरी बिदा दिइएको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
निलकण्ठ भण्डारी
June 12, 2023, 8:51 p.m.पुर्बि पाल्पा मजदुर ब्यवस्थापन समितिले पनि दोप्परको समय छलेर काम गर्न र गराउन सम्पुर्ण निर्माण ब्यबसाहिहरुलाई एक सुचना निकालेर अनुरोध गरेको छ।