गोङ्गबुको एक होटलमा युवायुवती मृत अवस्थामा फेला

 जेठ २९, २०८० सोमबार १८:५५:१६ | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - काठमाण्डाैकाे गोङ्गबुमा रहेकाे एक होटलमा युवायुवती मृत फेला परेका छन् ।

टोखा नगरपालिका–९ मा रहेकाे ग्रिन नेपाल होटलमा आज बिहान युवायुवती मृत अवस्थामा फेला परेका हुन् ।

मृत फेला पर्नेमा गोरखा शहीन लखन गाउँपालिका–१ घर भएका दिनेश सार्की र तनहुँ व्यास नगरपालिका–१० दमौली घर भएकी मुस्कान वयक रहेका जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बताउनु भयाे । 

होटलको कोठाभित्रको बाथरुममा दिनेश र कोठाभित्र मुस्कान झुन्डिएको अवस्थामा फेला परेका उहाँले जानकारी दिनुभयो ।

 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया