भरतपुर महानगरले ल्यायाे छ अर्ब ३१ कराेडकाे बजेट, कृषिमा सात कराेड (पूर्ण पाठ)

 असार १०, २०८० आइतबार १४:३१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भरतपुर महानगरपालिकाले आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेकाे छ । महानगरका उमप्रमुख चित्रसेन अधिकारीले आइतवार नगरसभाकाे बैठकमा आउँदाे आर्थिक वर्षका लागि छ अर्ब ३१ करोड ७९ लाख रुपैयाँकाे बजेट प्रस्तुत गर्नुभयाे । 

महानगरपालिकाले आन्तरिक आय, अन्तरसरकारी वित्तीय हस्तान्तरण, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँट जनसहभागितालगायतका शीर्षकमा बजेट बढाएको छ । यस पटक आन्तरिक आय ५० करोड रुपैयाँ वृद्धि गर्ने लक्ष्य महानगरपालिकाको छ । चालु आर्थिक वर्षमा महानगरपालिकाले एक अर्ब करोड आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । तर अहिलेसम्म महानगरपालिकाले ९६ करोड ५८ लाख रुपैयाँमात्रै राजस्व उठाउन सकेको छ । आउँदाे आर्थिक वर्षका लागि एक अर्ब ७५ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ । आन्तरिक आयमा घरजग्गा रजिस्ट्रेशन एवम् खानी तथा खनिजजन्य पदार्थको बाँडफाँटसमेत राखिएको छ । 

भरतपुर महानगरपालिकाले कृषि क्षेत्रका लागि सात करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरले कृषिको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि कृषकस्तरमा कृषि प्रविधि प्रसारमा जोड दिएको छ ।

भरतपुर महानगरपालिकालाई उन्नत बिउ उत्पादनको हबको रूपमा विकास गरिने बजेट वक्तव्यमा उल्लेख छ । यसका लागि खाद्यान्न, बिउ उत्पादन गर्ने किसानलाई उत्पादन परिमाणको आधारमा अनुदान दिइने भएकाे छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया