शेयर बजार ५७ अङ्कले बढेर ५ महिनायताकै उच्च विन्दुमा, ३३ वटा कम्पनीको शेयरमा सर्किट

 असार १२, २०८० मंगलबार १५:१६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार पाँच महिनायताकै उच्च विन्दुमा पुगेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ५६ दशमलव ९४ अङ्कले बढेर दुई हजार एक सय ८६ दशमलव ३६ विन्दुमा पुगेको हो । यसअघि गएको माघ १५ गते नेप्से २१ सय ९२ विन्दुमा पुगेको थियो । 

आज उत्पादन, व्यापार र निर्जीवन बीमा समूहको शेयर सामान्य घटे पनि अरू सबै समूहको शेयर बढेको छ । लघुवित्त समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । दुई सय ७५ वटा कम्पनीका एक करोड ३१ लाख सात हजार कित्ता शेयर पाँच अर्ब ४७ करोड ६२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २५ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज ३३ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ । यसमध्ये ३० वटा लघुवित्त कम्पनी छन् । समग्रमा बजार बढेको दिन आज सिकलेस हाइड्रोपावर कम्पनीको शेयर झन्डै चार प्रतिशतले घटेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया