ग्लाेबल आईएमईले एकैसाथ ४ वटा नयाँ शाखा सञ्चालनमा ल्यायाे
मंसिर २४, २०८० आइतबार
चितवन – बिहीवार दिउँसाेदेखि बन्द भएकाे भएको नारायणगढ–मुग्लिन सडक खण्ड थप पहिरो नखसे आज शुक्रवार बेलुकीसम्ममा सञ्चालनमा आउने भएको छ । सडक खण्डकाे इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीवार दिउँसो १ बजे पहिरो खसेपछि सडक बन्द भएको हो ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार आज बिहान साढे ८ बजेदेखि दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । बेलाबेलामा माथिबाट ढुङ्गा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरिएको उहाँको भनाइ छ ।
दुई वटा एक्स्काभेटर र दुई वटा लोडरले पहिरो पन्छाउने काम गरिरहेका छन् । पौडेलका अनुसार थप पहिरो नखसेमा बेलुकी ५ बजेसम्ममा सडक सञ्चालन गर्न सकिने गरी काम भइरहेको छ ।
सुक्खा पहिरो निरन्तर खसेपछि पन्छाउने काम गर्न सकिएको थिएन । ढुङ्गा खस्ने क्रम कम भएसँगै आज बिहानदेखि पहिरो पन्छाउन थालिएको हो । सडक सञ्चालनमा आए पनि गाडीकाे लामो लाइन भएकाले तत्काल वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।
चौबीस घण्टाभन्दा बढी समयदेखि सडक बन्द हुँदा याे सडक हुँदै यात्रा गर्ने धेरै यात्रु बिचल्लीमा परेका छन् । याे सडक हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन् ।