आयरल्यान्डले अमेरिकालाई हरायाे, साताैँ स्थानका लागि नेपाल–यूएईबीचकाे खेलकाे विजेतासँग खेल्ने

 असार १५, २०८० शुक्रबार १९:३२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप छनाेटकाे 'प्लेअफ' मा आयरल्यान्डले अमेरिकालाई ६ विकेटले हराएकाे छ । 

अमेरिकाले दिएकाे १ सय ९७ रनकाे लक्ष्य अमेरिकाले ३४ ओभर २ बलमा ४ विकेट गुमाएर सहजै भेटायाे । आयरल्यान्डका पउल स्टर्लिङले ५८ र कप्तान एन्ड्रियु बालबर्नीले नटआउट ४५ रन बनाए । बलिङतर्फ अमेरिकाका नोश्तुश केन्जिगेले २ विकेट लिए ।

यसअघि हरारेमा टस हारेर ब्याटिङ गरेकाे अमेरिका ४२ ओभर ४ बलमा १ सय ९६ रनमा अलआउट भयाे । अमेरिकाका सुशान्त माेदानी र साइतेजा मुकामलाले समान ५५ रन बनाए । बलिङतर्फ आयरल्यान्डका क्रेज याेङले ३ तथा मार्क एडर, ब्यारी म्याककार्थी र एन्डी म्याकब्राइनले २/२ विकेट लिए । 

याे जितसँगै अब आयरल्यान्डले साताैँ स्थानका लागि नेपाल र यूएईबीचकाे खेलकाे विजेतासँग जुलाई ४ मा खेल्नेछ । नेपाल र यूएईबीचकाे खेल जुलाई २ मा हुनेछ । नेपाल र यूएईबीचको खेलमा हार्ने टाेलीले नवौँ स्थानका लागि जुलाई ६ मा अमेरिकासँग खेल्नेछ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया