पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - वेस्ट इन्डिजले एकदिवसीय विश्व कप नखेल्ने भएको छ । आज भएको आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सुपर सिक्सको खेलमा स्कटल्यान्डसँग हारेपछि वेस्ट इन्डिज इतिहासमा पहिलो पटक एकदिवसीय विश्व कप नखेल्ने भएको हो ।
जिम्बावेको हरारेमा वेस्ट इन्डिजले दएको १ सय ८२ रनको लक्ष्य स्कटल्यान्डले ४३ ओभर ३ बलमा तीन विकेट गुमाएर पूरा गर्यो । उसका ब्रान्डर म्याक मलनले ६९ र म्याथु क्रसले ७४ रन बनाए । स्कटल्यान्डले वेष्ट इन्डिजसँग अहिलेसम्म चार पटक एकदिवसीय खेलेकोमा आज पहिलोपटक जित निकालेको हो । यसअघि हरारेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ४३ ओभर ५ बलमा १ सय ८१ रन बनाउँदा अलआउट भयो । उसका लागि ज्यासन होल्डरले सर्वाधिक ४५ रन बनाए ।
स्कटल्यान्डका ब्रान्डन म्याक मलेनले ३ तथा क्रिस ग्रिभ्स,मार्क वाट र क्रिस सोलले २/२ विकेट लिए । सुपर सिक्समा वेष्ट इन्डिज पाँचौँ स्थानमा छ । सुपर सिक्सका उत्कृष्ट दुई टोली विश्व कपको लागि छनोट हुनेछन् । समूह चरणको अन्तिम खेलमा वेस्टइन्डिज सुपर ओभरमा नेदरल्यान्ड्ससँग पराजित भएपछि विश्व कप यात्रा निकै कठिन बनेको हो ।
सुपर सिक्समा वेस्ट इन्डिज पाँचौँ स्थानमा छ । सुपर सिक्सका शीर्ष दुई टोली विश्वकपको लागि छानिनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।