इटहरी चोकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा आमा छोरीको ज्यान गयो

 असार २०, २०८० बुधबार १०:२२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनसरीको इटहरी चोकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा आमा छोरीको ज्यान गएको छ ।

हिजो दिउँसो टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका–८ गैसारका ४२ वर्षीया सरिता चौधरी र उहाँकी छोरी २२ वर्षीया अनुशा (अंशु) घाइते हुनुभएको थियो । 

गम्भीर घाइते आमा छोरीको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा ज्यान गएको इलाका प्रहरीले कार्यालय इटहरीले जनाएको छ ।

कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपरले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

घटनापछि स्थानीय बासिन्दाले टिपरमा तोडफोड गरेका थिए भने नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

टिपर चालक सर्लाहीको हरिवनका बलबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । 

इटहरीको कोशी सेन्ट जेम्स कलेजमा बीबीएस प्रथम बर्षमा अध्यायनरत अंशु र उहाँकी आमाको ज्यान गएपछि विद्यालयले आज शोक विदा दिएको छ ।

इटहरीका मेयर हेमकर्ण पौडेलले घटनाको छानबिन समिति बनाएर आवश्यक कारबाही गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया