कोशी सरकारविरुद्ध एमालेद्वारा सर्वोच्चमा रिट, आइतवार सुनुवाइ हुने

 असार २२, २०८० शुक्रबार १६:२८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोशी प्रदेशमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितको टोलीले दायर गरेको रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता विमलकुमार पौडेलले जानकारी दिनुभयो । रिटमाथि पर्सि आइतवार सुनुवाइ हुने भएको छ ।

एमालेले सर्वोच्चमा दिएको रिटमा सभामुखसमेतलाई जोडेर गठबन्धनले दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न माग गरिएको छ । प्रक्रिया मिचेर सरकार बनाइएकोले असंवैधानिक कदमविरुद्ध सर्वोच्च पुग्नुपर्ने अवस्था आएको प्रमुख सचेतक भण्डारीले बताउनुभयो ।

कोशीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ जना प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । गठबन्धन दलहरूका तर्फबाट ४६ मात्रै पुगेपछि सभामुखलाई समेत जोडर बहुमत पुर्‍याउँदै कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बन्नुभएको छ । मुख्यमन्त्री थापाले आजै पद तथा गोपनियताको शपथ लिइसक्नुभएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Upendra makhim

    July 7, 2023, 5:46 p.m.

    लिम्बुवा किराँत भुमी लाई प्रदेश नम्बर एक नाम दिएर ब्राह्मण हिन्दु कौसिको ऋषि को नाम बाट कोसि नदि भयो त्यो नदि को नाम बाट लिम्बुवान भुमी लाई नाम दिइयो।यो सबै एमाले ले गर्‍यो।यहाँ को भुमी पुत्र भुगोल को नाम लिम्बुवान हो।प्रदेश नामाङ्कन जहिले पनि भुगोल र पाहिचान को आधार मा हुन्छ भ्न्ने ज्ञान नभएको पाटी एमाले हो।आफ्नो जातित्व र पाटी को हैकम सधै जमाइ राख्न खोज्न अब बेकार हो।

  •  0 Reply
  • उपेन्द्र बहादुर माखिम

    July 7, 2023, 5:39 p.m.

    पुरै देश बेच्नु पाउँदा केन्द्र देखि प्रदेश सरकार आफ्नै हुदा देश लाई एमाले को एकल निर्णय गरेर ऋण माथी ऋण को बोझ बनाउदै प्रदेश नम्बर एक लाई ब्राह्मण हिन्दु धर्म को ऋषि मुनि को नाम कौसिकी को नाम बाट कोसि नदि नदि नाम बाट प्रदेश नामाङ्कन राखेर पाहिचान र एतिहासिक पृष्ठभुमि मा आधारित नामङ्कन लिम्बुवान किराँत हुनु पर्ने हो तर रजाइँ एमाले ले गर्दा मात्र खुसी एमाले।

  •  0 Reply

तपाईको प्रतिक्रिया