ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
गोरखा – नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले बदमासी गर्ने ठकेदारलाई राजनीतिक र प्रशासनिक संरक्षण रहँदा विकासका काम हुन नसकेको दाबी गर्नुभएको छ ।
गोरखामा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले ठेक्कापट्टाको काममा राजनीति, प्रशासन र ठेकेदारबीच मिलेमतो हुने गरेको आरोप लगाउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका भट्टराईले नेता, कर्मचारी र ठेकेदारको मिलेमतोमा बदमासीका काम अहिले पनि भैरहेको दाबी गर्नुभयो । ‘एउटैले दशौं ठेक्का लिने, मोबिलाइजेशनको पैसा लिएर बेपत्ता हुने अनि अन्तै लगानी गर्ने परिपाटी छ’, उहाँले भन्नुभयो, ‘त्यसको मार गोरखाको पुल, सडक र अरु निर्माणका योजनामा परेको छ, त्यस्तालाई कारबाही गर्नुपर्छ ।’
गोरखाका प्रमुख जिल्ला अधिकारीलाई पनि त्यस्ता ठेकेदारलाई कारबाही गर्न आफूले भनेको बताउनुभयो । उहाँले बदनाम भएका ठेकेदारहरुलाई नेताहरुले संरक्षण गर्ने गर्दा समस्या भएको बताउनुभयो । ‘केन्द्रबाट गृहमन्त्रीले अहिले कारबाहीको पहल गर्नुभएको छ,, त्यो अघि बढोस्’, उहाँले भन्नुभयो ।
भट्टराईले आफ्नो पार्टी कहिल्यै पनि नेपाल कम्युनिष्ट पार्टी नेकपासँग मिल्नै नसक्ने बताउनुभयो । ‘हामी सगरमाथा चढ्न हिँडेका छौं, कता चुरेतिर अलमलिनु’ भट्टराईले भन्नुभयो । नेपालमा कांग्रेस र कम्युनिष्ट पार्टी लामो समयदेखि दुई धारमा रहेको भन्दै उहाँले नयाँ शक्ति पार्टी भने तेस्रो धारको रुपमा अघि बढ्ने बताउनुभयो । कांग्रेस र कम्युनिष्टबीच बैचारिक हिसाबमा खासै भिन्नता नरहेको भन्दै उहाँले उनीहरुसँग पार्टी एकता हुनै नसक्ने स्पष्ट पार्नुभयो ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको विषयमा सत्तारुढ दल नेकपासँग कुरा भैरहेको उल्लेख गर्दै उहाँले आफूसँगको कुराकानीमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सकारात्म देखिनुभएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।