हिउँदे अधिवेशन नयाँ भवनबाटै शुरु गर्ने गरी काम अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

 असार २५, २०८० सोमबार १५:५९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्काे हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्ने गरी काम अघि बढाउन निर्देशन दिनुभएको छ ।

सोमवार निर्माणाधीन संसद् भवनको अवलोकन गर्दै प्रधानमन्त्री दाहालले सकेसम्म हिउँदे अधिवेशन नयाँ संसद् भवनबाट नै गर्ने गरी निर्माण गर्न निर्देशन दिनुभएको हो । उहाँले संसद्को हिउँदे अधिवेशन नयाँ भवनबाटै गर्न सकियोस् भन्ने सरकारको लक्ष्य रहेको भन्दै त्यही अनुरूप कामको गति बढाउनुपर्ने बताउनुभयो ।

प्रचण्डले संसद् भवन आधुनिक र सुविधा सम्पन्न बन्नु देशको गौरवको कुरा भएको उल्लेख गर्नुभयाे । भवन निर्माणमा कुनै पनि गलत कुरामा सम्झौता नगर्न पनि उहाँकाे आग्रह छ । उहाँले भवन निर्माणका क्रममा आइपर्ने समस्याहरूको समाधान गर्न सरकारको सहयोग हुने बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘सकेसम्म संसद्को हिउँदे अधिवेशन यहीँ (नयाँ भवन) गर्न सकियोस् । लक्ष्य पनि त्यही छ । हामी सबैले युद्धस्तरमा काम गर्‍याैँ भने लक्ष्य समयमा, गुणस्तरीयरूपमा पूरा गर्न सकिन्छ । यो देशकै सर्वोच्च प्रतिनिधि संस्थाको भवन आधुनिक र सुविधा सम्पन्न बन्नु देशकै गौरवको कुरा पनि हो । त्यस कारण यसको निर्माणमा कहीँ कतै गलत सम्झाैता नगराैँ र कामलाई तीव्रताका साथ सम्पन्न गरौँ ।’

त्यसैगरी शहरी विकास मन्त्री सीता गुरुङले भवन निर्माणको कामलाई चाँडै सम्पन्न गर्नका लागि श्रमिकहरूको सङ्ख्या बढाउन निर्माण व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • हरिबहादुर खड्का क्षेत्री

    July 10, 2023, 4:14 p.m.

    राम्रो तर गाह्रो छ । काम त दुर्त रुपमा गरेको देखिन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया