जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको छ : मन्त्री शर्मा

 असार २६, २०८० मंगलबार १९:०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सरकारी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भइरहेको बताउनुभएको छ ।

मङ्गलवार सिंहदरबारमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री शर्माले याे कुरा बताउनुभएको हो । याे सम्बन्धमा अहिले सकारात्मक छलफल भए पनि निष्कर्षमा भने पुगिनसकेको मन्त्री शर्माको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘अहिले अलि पोजेटिभ छलफल भइरहेको छ । यसको निष्कर्षमा पुगिसकेको छैन । निष्कर्षमा नपुग्दा यस विषयमा भन्न सकिएन ।’

मन्त्री शर्माले रासायनिक मलको अभाव नभएको जिकिरसमेत गर्नुभयो । प्रधानमन्त्री र कृषि मन्त्रालयले मलमा समस्या नभएको कुरा बारम्बार भनेको उल्लेख गर्दै उहाँले वितरणमा भने केही समस्या देखिएको र त्यसको समाधानमा पनि सरकार लागिपरेको दाबी गर्नुभयाे ।

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया