एपीएफ क्लब महिला भलिबलको फाइनलमा

 असार २९, २०८० शुक्रबार १४:६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सशस्त्र प्रहरीको एपीएफ क्लब एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको महिलातर्फ फाइनलमा पुगेको छ ।

लिग चरणको अन्तिम खेलमा न्यू डायमन्ड क्लब नेपाल पुलिस क्लबसँग पराजित हुँदा अङ्क तालिकामा दोस्रो हुँदै एपीएफ क्लबको महिला टोली फाइनल प्रवेश गरेको हो । न्यू डायमन्ड पुलिससँग २५–२०, २५–१४ र २५– १७ को सोझो सेटमा पराजित भएको हो ।

अब फाइनलमा दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस खेल्नेछन् । यसअघि नै फाइनलमा पुगिसकेको पुलिस लिग चरणमा अविजित रह्यो । पुलिस ५ खेलमा १५ अङ्कसहित शीर्ष स्थानमा छ । एपीएफ समान ५ खेलमा ४  मा जित र एकमा हारसहित ११ अङ्कको साथमा फाइनल पुगेको हो ।

न्यू डायमन्डले ५ खेलमा ३ जित र २ हारसहित ८ अङ्क  बनाएको छ ।  
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया