काम सपार्न नखोज्नेहरूको जमघटमा गफ : त्यसैले देश बिग्रियो !
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – मौसम सुधार हुँदै गएको छ । गएको हप्ता आइतवारदेखि देशका धेरैजसो ठाउँमा पानी परेको थियो भने यो हप्ताको शुरुमा पनि बदली र वर्षा भएको छ । आज काठमाण्डौ उपत्यकामा बिहानैदेखि घाम लागेको छ । तर देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली छ ।
कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन, हुरीबतास र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । बाँकी अरु ठाउँमा मौसम क्रमिक सुधार हुँदै सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गोविन्द झाकाअनुसार अबको तीन दिन मौसम यस्तै हुने अनुमान छ ।
मौसम विज्ञान विभागले आउँदो मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरेको छ । यस्तै न्यूनतम तापक्रम देशका धेरैजसो ठाउँमा औसतभन्दा केहि धेरै हुने अनुमान गरिएको छ । यसैअनुसार पूर्वतयारीमा जुट्न मौसमविद्को आग्रह छ ।
साधारणतया जुनदेखि सेप्टेम्बरसम्मको चार महिनालाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ । यही अवधिमा नेपालमा वार्षिक वर्षाको झण्डै ८० प्रतिशत वर्षा हुने गर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।