पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - आन्तरिक उडानको हवाई भाडादर आजदेखि वृद्धि भएकाे छ । नेपाल वायुसेवा सञ्चालक सङ्घले मूल्य अभिवृद्धि कर भाडादरमै जाेडिने भएकाले आन्तरिक उडानकाे हवाई भाडा ६ प्रतिशतसम्म बढ्ने जनाएकाे हाे।
आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका हुन्। सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई यातायात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ ।
'सरकारबाट बजेट वक्तव्यमार्फत् अनिवार्य गरेको याे व्यवस्था अनुसार यस सङ्घमा आबद्ध सम्पूर्ण वायुसेवा कम्पनीले आजदेखि लागू हुने गरी हवाई भाडा दरमा नै समावेश गरी मूल्य अभिवृद्धि कर उठाइने बेहोरा जानकारी गराइन्छ', सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला भन्नुभयाे 'इन्धन र विमानस्थल कर पनि भ्याटसहितको लिने गरिएको छ, यसमा भने अतिरिक्त शुल्क लाग्दैन'।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।