प्रहरीकाे स्कर्टिङमा फोहर बोकेका गाडी बञ्चरेडाँडा पुगे

 साउन ५, २०८० शुक्रबार १८:०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौ उपत्यकाबाट फोहर बोकेर गएका गाडी प्रहरीको स्कर्टिङमा बञ्चरेडाँडा पुगेका छन् ।

गएको सोमवारदेखि स्थानीयले अवरोध गरे पनि रोकिएको फोहर विसर्जन कार्य प्रहरी परिचालन गरी शुरु गरिएको हो । आज शुक्रवार फोहोर बोकेर गएका झन्ड एक सय २० वटा गाडी बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका फोहरमैला व्यवस्थापन सङ्घका महासचिव मित्र घिमिरेले बताउनुभयो ।

बञ्चरेडाँडा र सिसडोलका स्थानीयले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहर बोकेर ल्यान्डफिल साइट गएका गाडीलाई बाटोमै रोकेका थिए । दैनिक तीन सय ८० वटा गाडी बञ्चरेडाँडा जाने गरे पनि अवरोध हुँदा काठमाण्डाैमा फोहर थुप्रिएको छ ।

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया