पलाँतामा मिनी ट्रक दुर्घटना, घाइते ५ जनालाई हेलिकप्टरमार्फत सुर्खेत लगियाे

 साउन १२, २०८० शुक्रबार १२:४३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

कालीकोट – पलाता गाउँपालिका–२ सैनमा बिहीवार बेलुका मिनीट्रक दुर्घटना हुँदा घाइते भएकामध्ये पाँच जनालाई कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएकाे छ । 

दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई आज शुक्रवार हेलिकप्टरमार्फत सुर्खेत लगिएकाे हाे । यस्तै समान्य घाइते भएका तीन जनालाई गाडीमार्फत सुर्खेत लगिएकाे छ ।

पलाता–९ थिर्पूबाट धौलागोहको राडुनेटातर्फ बालुवा लिएर जाँदै गरेको कर्णाली प्रदेश ००१ क ०१६२ नम्बरको मिनीट्रक सैनको उकालोको मोडमा दुर्घटना भएको थियाे । जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालका अनुसार दुर्घटनामा घाइते हुनेमा धेरैजसाे महिला र बालबालिका रहेका छन् ।

पलाँता अस्पतालबाट रिफर गरिएका घाइतेलाई पलाता गाउँपालिकाले खर्च बेर्होने गरी हेलिकप्टरमार्फत थप उपचारका लागि प्रदेश अस्पताल लगिएकाे गाउँपालिका अध्यक्ष विष्णु रोकायाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया