सबै दल फाेहर छन् भन्नु गलत : ओली

 साउन १५, २०८० सोमबार २०:३२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै नीतिको मूलनीति राजनीति भएकाले राजनीति फोहर हुन नहुने बताउनुभएको छ ।

एमालेकाे केन्द्रीय संस्कृति विभागले आज साेमवार पार्टीको केन्द्रीय पार्टी कार्यालय च्यासलमा आयोजना गरेको युगदूत पत्रिकाको विमोचन र खिर खाने कार्यक्रममा अध्यक्ष ओलीले राजनीतिका नाममा अपवित्र काम गर्न नहुने र सबै दल फोहर नै छन् भन्ने भाष्य निर्माण गरिनु गलत भएको जनाउनुभयो ।

नेपाली ज्ञानको परम्परा गौरवयुक्त भएकोले वर्तमानमा लेखिरहेका साहित्यकारले सामाजिक यथार्थ र सुन्दर भविष्यको रेखा कोर्ने गरी कलम चलाउनुपर्नेमा उहाँको जोड थियो । विभागका प्रमुख रघुजी पन्तले युगदूतलाई पार्टीको साहित्यिक मुखपत्रका रूपमा नियमित प्रकाशन गर्ने जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया