अमेरिका र नेदरल्यान्ड्स महिला विश्वकप फुटबलको अन्तिम १६ मा

 साउन १६, २०८० मंगलबार १५:१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिका र नेदरल्यान्ड्स फिफा महिला विश्वकप फुटबलको अन्तिम १६ मा पुगेका छन् ।

आज मङ्गलवार फोर्थिस बार स्टेडियम न्युजिल्यान्डमा भएको खेलमा भियतनामलाई ७–० गाेलले हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा पुगेको हाे । नेदरल्यान्ड्सको जितमा इस्मी ब्रुट्स र जिल रुर्डले २ तथा लिके मार्टिन्स, कट्जा स्नोइस र ड्यानिल भान डि डन्कले १ गोल गरिन् । नेदरल्यान्ड्स ७ अङ्कका साथ समूह 'ई' को शीर्ष स्थानमा रहन सफल भयो । भियतनाम कुनै पनि खेल जित्न नसकी प्रतियाेगिताबाट बाहिरियाे ।

आजै यसै समूहको अर्काे खेलमा पोर्चुगलसँग गाेलरहित बराबरी खेल्दै अमेरिका पनि अन्तिम १६ मा पुगेको छ । पोर्चुगललाई नकआउट चरणमा जानका लागि आजको खेल जित्नैपर्ने दबाब थियो तर बराबरीमा रोकिएर समूह चरणबाटै बाहिरिएको छ । अमेरिका ५ अङ्कसहित दाेस्राे स्थानमा रहँदा अन्तिम १६ मा पुग्दा पाेर्चुगल ४ अङ्कसहित बाहिरियाे

महिला विश्वकपमा आजै बेलुका पौने ५ बजे समूह 'डी' का चीन र इङ्ग्ल्यान्ड तथा हैटी र डेनमार्कबीच खेल हुँदैछ । यो समूहमा इङ्ग्ल्यान्ड ६ अङ्कसहित शीर्ष र समान तीन अङ्क भएका डेनमार्क तथा चीन दोस्रो र तेस्रो स्थानमा छन् । इङ्ग्ल्यान्ड अन्तिम १६ मा पुगिसकेको छ । चीनलाई अन्तिम १६ मा पुग्न जितसँगै डेनमार्क र हैटीको नतिजा पनि कुनुपर्नेछ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया