पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – फुटबलर सावित्रा भण्डारी व्यावसायिक खेलका लागि इजरायल प्रस्थान गरेकी छिन् । सावित्राले सामाजिक सञ्जालमा तस्बिर राखेर आफू इजरायल प्रस्थान गरेको जानकारी गराएकी छिन् ।
नेपालबाट युरोपेली क्लबमा गएर खेल्ने सावित्रा पहिलो खेलाडी हुन् । उनी इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानामा अनुबन्धित भएकी छिन् । युरोपमा खेल्नु पाउनु आफ्ना लागि महत्त्वपूर्ण अवसरसँगै कठिन परीक्षा भएको पनि सावित्राले बताउँदै आएकी छिन् ।
यसअघि सावित्राले भारतीय शीर्ष डिभिजन गोकुलम केरलाबाट खेल्दै सर्वाधिक गोलकर्ताका साथ टिमलाई च्याम्पियन बनाएकी थिइन् । यस्तै माल्दिभ्समा पनि उनले खेलेकी छिन् । सावित्राले राष्ट्रिय टोलीका लागि ४५ खेलमा ४४ गोल गरेकी छिन् ।
तस्बिर : भण्डारीकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पूर्ण सिंह खडका
Aug. 1, 2023, 6:37 p.m.शुभकामना, हरपल सफलता मिलोस् !