इटालीमाथि राेमाञ्जक जित निकाल्दै दक्षिण अफ्रिका महिला विश्वकपकाे अन्तिम १६ मा

 साउन १७, २०८० बुधबार १५:११:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दक्षिण अफ्रिका फिफा महिला विश्वकप फुटबल २०२३ काे अन्तिम १६ मा पुगेकाे छ ।

आज बुधवार न्युजिल्यान्डकाे वेलिङ्टन रिजनल स्टेडियममा भएकाे खेलमा इटालीमाथि ३–२ गाेलकाे राेमाञ्चक जित निकाल्दै दक्षिण अफ्रिका अन्तिम १६ मा पुगेकाे हाे । दक्षिण अफ्रिकाका लागि बेनीडेटा ओर्सी, हिल्दाह मगाया र थेम्बी केगाटलानाले १/१ गाेल गरे । इटालीका एरियाना करुसाेले २ गाेल गरिन् ।

इटालीले खेलकाे ११ मिनेटमै करुसाेकाे गाेलमार्फत अग्रता लिएकाे थियाे । तर ३२ मिनेटमै दक्षिण अफ्रिकाले आत्मघाती गाेल उपहार पाउँदा खेल बराबरीमा पुगेकाे थियाे । फेरि दक्षिण अफ्रिकाले ६७ औँ मिनेटमा मगायाकाे गाेलमार्फत अग्रता लिएकाे थियाे । त्यसकाे ७ मिनेटपछि इटालीकी करुसाेले अर्काे गाेल गर्दै खेल बराबरीमा ल्याइन् । तर इन्ज्युरी समयकाे २ मिनेटमै  केगाटलानाले गाेल गर्दै दक्षिण अफ्रिकालाई जिताइन् ।

याे जितसँगै दक्षिण अफ्रिका ४ अङ्कसहित समूह 'जी' काे उपविजेता बनेकाे छ । इटली ३ अङ्कसहित तेस्राे स्थानमा रहँदै प्रतियाेगिताबाट बाहिरिएकाे छ । अब दक्षिण अफ्रिकाले क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया