फ्रान्स र जमैका अन्तिम १६ मा, ब्राजिल बाहिरियाे

 साउन १७, २०८० बुधबार १७:५४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फ्रान्स र जमैका फिफा महिला विश्वकप फुटबल २०२३ काे अन्तिम १६ मा पुगेका छन् ।

आज बुधवार अस्ट्रेलियाकाे अलिनाज स्टेडियममा भएकाे खेलमा फ्रान्सले पनामालाई ६–३ गाेलले हरायाे । फ्रान्सका लागि कदिदियाताेउ दियानीले ह्याट्रिक गरिन् । यस्तै मेली लकरार, लिया ली र विकी बेचाेले १/१ गाेल गरिन् ।पनामाका लागि मार्टा काेक्स, याेमिरा पिन्जाेन र लिनेथ सिडेनाेले गाेल गरिन् । याे खेलमा ३ वटा पेनाल्टी दिइएकाे थियाे ।

याे जितसँगै फ्रान्स ७ अङ्कसहित समूह 'एफ' काे विजेता बनेकाे छ । पनामा अङ्कविहीन हुँदै पुछारमा रहेर प्रतियाेगिताबाट बाहिरिएकाे छ । 

यस्तै आजै यही समूहकाे अर्काे खेलमा ब्राजिलसँग गाेलरहित बराबरी खेल्दै जमैका अन्तिम १६ मा पुगेकाे छ । जमैका ५ अङ्कसहित समूहकाे उपविजेता बन्दा ब्राजिल ४ अङ्कसहित तेस्राे स्थानमा रहेर प्रतियाेगिताबाट बाहिरिएकाे छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया