बाढीले क्षतिग्रस्त जलविद्युत् आयोजनालाई राष्ट्र बैंकले पुनर्कर्जा दिने

 साउन १७, २०८० बुधबार १८:४७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले बाढीले क्षतिग्रस्त जलविद्युत् आयोजनालाई पुनर्कर्जा दिने भएको छ । आज बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान), नेपाल बैंकर्स सङ्घ र नेपाल राष्ट्र बैंकबीच बालुवाटारमा भएकाे छलफलमा राष्ट्र बैंकले बाढीले क्षतिग्रस्त जलविद्युत् आयोजनालाई पुनर्कर्जा दिने बताएको हो ।

इप्पानका अध्यक्ष गणेश कार्कीले बाढीले क्षतिग्रस्त आयोजनालाई पुनर्कर्जाको सुविधा दिन, ब्याज पुँजीकरण र कर्जा पुनःसंरचना गरिदिन राष्ट्र बैंकलाई अनुरोध गर्नुभएको थियो । त्यस्तै बाढीले क्षति पुर्‍याएका आयोजनामध्ये केही आयोजनाको विद्युत् उत्पादन गर्नुपर्ने मिति नाघ्दा बैंकले कर्जा भुक्तानी गर्न दबाब दिएकाले जलविद्युत् आयोजनाको ब्याज पुँजीकरण गरे पनि बैंकलाई लाभांश बाँड्न रोक नलगाउने व्यवस्था गरिदिन पनि कार्कीले आग्रह गर्नुभएको छ ।

पछिल्लो समय राष्ट्र बैंकले जारी गरेको निर्देशनले जलविद्युत् आयोजनामा लगानी गरेर बत्ती नबलुन्जेलसम्मको ब्याज आम्दानीलाई नाफामा देखाउन पाए पनि लाभांश बाँड्न नपाउने व्यवस्था गरेको छ ।

बैठकमा राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बाढीले क्षति पुर्‍याएका आयोजनालाई पुनःनिर्माण अवधिभर पुनर्कर्जा दिन बैंक तयार रहेको बताउँदै ब्याज पुँजीकरण र कर्जाको पुनःतालिकीकरण गर्न पनि सहजीकरण गर्ने बताउनुभयो ।

गएको जेठ ३२ र असार १ गते पूर्वी नेपालमा आएको बाढीले १३ वटा सञ्चालनमा रहेका र १७ वटा निर्माणाधीन आयोजना क्षतिग्रस्त हुँदा झन्डै नाै अर्ब रुपैयाँ बराबरको क्षति भएको इप्पानकाे दाबी छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया