मलेसियामा नेपाली कामदार ल्याउन अब बिचाैलियाकाे अावश्यकता छैन: एम कुलासेगरन

 कात्तिक १३, २०७५ मंगलबार १९:५५:१८ | एजेन्सी
unn.prixa.net

मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले नेपाली कामदारसम्बन्धी सबै सम्झौता अबदेखि सरकारी तहमा हुने भएकोले नेपाली कामदार भर्ना गर्नका लागि बिचौलियाको प्रयोग हटेको बताउनुभएको छ । 

उहाँले मलेसिया सरकारले भर्खरै नेपाल सरकारसँग घरेलु महिला कामदारसहित अन्य कामदार पठाउने सम्झौता सम्पन्न भएकाे जानकारी दिनुभयो ।

‘हाम्रो प्रत्यक्ष कामदार नियुक्ति पद्धतिमा जीटूजी (सरकार–सरकारबीच) को प्रयोगबाट हामी सबै प्रकारका दलाल तथा बिचौलियाहरुको प्रयोग अन्त्य गर्दैछौं’ उहाँले मंगलबार संसदमा भएको पत्रकार सम्मेलनमा बताउनुभयो ।

यसअघि नेपाल सरकारले मलेसिया सरकारको अध्यागमनको प्रकृयाका कारण कामदारहरुले कठिनाई बेहोर्नुपरेकालगायतका कारणहरुले गर्दा आफ्ना कामदारहरु मलेसिया जानबाट रोक लगाएको थियो । यसबाहेक भिसा प्रकृयाका लागि सुरक्षा तथा स्वास्थ्य परीक्षण नीजी कम्पनीमार्फत गर्नुपर्ने पनि थियो । 

हाल मलेसियामा पाँच लाखभन्दा बढी नेपाली कामदारहरु रहेको तथ्यांक छ । ती मध्ये एक लाख ५० हजार सुरक्षा गार्डका रुपमा र बाँकी संरचना निर्माण र कारखानाहरुमा कार्यरत छन् ।

‘नेपालसँगको सम्झौता हस्ताक्षर सम्पन्न भएको छ र उनीहरु कामदार पठाउन तुरुन्तै सुरु गर्न सक्नेछन्’ उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया