एनपीएलकाे उद्घाटन खेलमा जनकपुरले टस जितेर बलिङ गर्दै
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - एनसेल आजियाटा लिमिटेडले ३ सय ३८ नयाँ बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) अर्थात् मोबाइल टावरहरु जडान गरेको छ । यी टावरहरु गएकाे आर्थिक वर्ष २०७९/८० मा कम्पनीको सेवा विस्तार तथा सुधार अभियानअन्तर्गत जडान गरिएका हुन् ।
हिमाली, पहाडी र तराई भेगका ५५ ग्रामीण तथा दुर्गम ठाउँहरूमा पहिलाे पटक सेवा विस्तार गरिएकाे एनसेलले जनाएकाे छ । पहिलो पटक फोरजी सेवा विस्तार गरिएका नयाँ ठाउँहरुमा उत्तरगया गाउँपालिका (रसुवा), ठाटीकाँध गाउँपालिका (दैलेख), दुर्गाथली गाउँपालिका (बझाङ), जन्तेढुङ्गाा गाउँपालिका (खोटाङ) का ग्रामीण इलाक र इनरुवा नगरपालिकाका नयाँ ठाउँ रहेका छन् ।
गएकाे आवमा नै एनसेलले आफूले प्रदान गर्दै आएको सेवाको गुणस्तर सुधार र ग्राहकको सेवा अनुभव अभिवृद्धि गर्न २ सय ८३ नयाँ टावरहरु गरेको छ । यी मोबाइल टावरहरु सातै प्रदेशका ५० भन्दा बढी जिल्लामा जडान गरिएको कम्पनीले जनाएकाे छ । लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, मधेस प्रदेशका विभिन्न ठाउँमा टावर राखिएकाे छ ।
एनसेलले फोरजी क्षमता अभिवृद्धि गर्दै गएकाे आवमा विभिन्न ६० जिल्लाका झण्डै १ हजार ४५० मोबाइल टावरहरुको स्तरोन्नति पनि गरेको छ । यसरी स्तरोन्नति गरिएका टावहरुहरुमध्ये ७ सय ८० भन्दा बढी विभिन्न नगरपालिकामा स्थापना गरिएका टावरहरु पर्दछन् । त्यसैगरी गाउँपालिकास्तरमा जडित ४ सय ४० वटाभन्दा बढी टावरहरुको स्तरोन्नति गरिएको एनसेलले जनाएकाे छ । यसबाहेक, एनसेलले देशका विभिन्न महानगरपालिका र उप–महानगरपालिकामा रहेका आफ्ना टावहरुको स्तरोन्नति गर्दै फोरजीको क्षमता अभिवृद्धि गरिरहेकाे छ ।
ग्राहकहरुलाई फोरजी अन्तर्गत उच्चगतिको मोबाइल ब्रोडब्याण्ड र भ्वाइस ओभर लङ्ग टर्म इभोलुसन (भोल्टे) सेवामा पहुँच सुनिश्चित गर्न देशभरी एनसेलको ४ हजारभन्दा बढी फोरजी टावरहरु सञ्चालनमा रहेका छन् । फोरजी नेटवर्कको विस्तार र क्षमता अभिवृद्धिले मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच बढाएर सरकारको डिजिटल नेपाल फ्रेमवर्कको आकाङ्क्षाहरू पूरा गर्न योगदान पुर्याउने कम्पनीकाे विश्वास छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।