काठमाडौंलाई उन्नत शहर बनाउन ९ बुँदे प्रतिबद्धता

 कात्तिक १४, २०७५ बुधबार ५:४६:४६ | रासस

काठमाडौं - काठमाडौँ उपत्यकालाई संसारकै उन्नत शहर बनाउन ९ बुँदे प्रतिबद्धता जारी गर्दै उपत्यका नगरपालिका फोरमको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । 

फोरमका संयोजक एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न बैठक काठमाडौँ उपत्यकाको प्राकृतिक विशिष्ठता, प्रदुषण घटाउन फोहरमैलाको वैज्ञानिक व्यवस्थापन र वृक्षारोपण गर्ने विषयमा केन्द्रीत थियो । फोरमले जारी गरेको प्रतिबद्धतामा वृक्षारोपणसँगै पुराना सवारी साधन विस्थापन, ढल निकासलाई नदीको पैवाहीकरणबाट पुर्णत अलग गरी निर्मलीकरण गर्ने, वातावरण प्रतिकुलका हानीकारक प्रभाव तथा असरलाई घटाउन एकिकृत रुपमा जनचेतना कार्यक्रम गर्ने रहेको छ । 

सवारी साधनबाट निष्कने धुँवा तथा धुलोलाई कमगर्न यातायातलाई दिगो र वातावरण मैत्री बनाउने कार्यका लागि इन्धनको गुणस्तर कायम गर्दै स्वच्छ उर्जाको उपयोगका लागि अग्रसर हुने, नगरपालिका यातायात गुरुयोजना, सडक यातायात, करको दरमा एकरुपता कायम गराउने, जग्गा विकास आयोजना सञ्चालन खरिद ऐनमा एकरुपता, प्रदुषण नियन्त्रण प्रयास, प्रदुषण शुल्क र यसको उपयोग, सामुदायिक तथा सरकारी वन, नियमावली निर्माण र कार्यान्वयनजस्ता विषमा बैठकले प्रतिबद्धता जनाएको छ ।

बैठकमा उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका प्रमुखहरुको सहभागिता रहेको थियो । 
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया