वेस्ट इन्डिजसँगकाे निर्णायक खेलमा भारत पहिला ब्याटिङ गर्दै

 साउन २८, २०८० आइतबार २०:०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वेस्ट इन्डिजसँगकाे ५ खेलकाे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटकाे निर्णायक खेलमा भारतले टस जितेकाे छ । फ्लाेरिडामा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएकाे छ । 

५ खेलकाे शृङ्खलामा दुवै टाेलीले २–२ वटा खेल जितेका छन् । पहिलाे र दाेस्राे खेल वेस्ट इन्डिजले जितेकाेमा भारतले तेस्राे र चाैथाे खेल जित्दै उत्कृष्ट पुनरागमन गरेकाे हाे ।

यस्ताे छ प्लेइङ–११
भारतीय टाेलीमा यशस्वी जयसवाल, शुभमन गिल, सूर्यकुमार यादव, तिलक वर्मा, हार्दिक पान्ड्या (कप्तान), सञ्जू सामसन (विकेटकिपर), अक्षर पटेल, कुलदीप यादव, अर्शदीप सिंह, युजवेन्द्र चहल र मुकेश कुमार रहेका छन् । 

यस्तै वेस्ट इन्डिजकाे टाेलीमा ब्रान्डन किङ, कायल मेयर्स, शाई होप, निकोलस पूरन (विकेटकिपर), रोभमन पावल (कप्तान), शिमरोन हेटमायर, जेसन होल्डर, रोस्टन चेज, रोमारियो शेफर्ड, अकिल होसेन र अल्जारी जोसेफ रहेका छन् ।

यसअघि भएकाे एकदिवसीय र टेस्ट शृङ्खला भारतले जितेकाे थियाे । एकदिवसीय २–१ ले जितेकाे भारतले टेस्ट १–० ले जितेकाे हाे ।

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया