इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – सरकारले गोरखामा एक व्यक्तिको घरमा फेला परेको ‘टल्किने’ ढुङ्गा 'क्वार्ज क्रिस्टल' गोरखा दरबार परिसरमा प्रतिस्थापन गर्ने निर्णय गरेको छ ।
आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले 'क्वार्ज क्रिस्टल' गोरखा दरबार परिसरमा प्रतिस्थापन गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो । यस्तै बैठकले 'क्वार्ज क्रिस्टल' लाई अहिलेसम्म संरक्षण गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने निर्णय पनि गरेको मन्त्री ज्वालाले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय गाेरखाले गोरखा नगरपालिका–७ सतिपिपलबाट गएकाे असार १४ गते याे ढुङ्गा बरामद गरेको थियो । लाखौँ रुपैयाँमा खरिद/बिक्रीका लागि मोलमोलाइ भइरहेको सूचनाका आधारमा प्रहरीले ढुङ्गा राखिएको घरमा छापा मारेर बरामद गरेकाे थियाे । ढुङ्गाबारे यकिन गरिदिनका लागि जिल्ला प्रशासन कार्यालयले खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेको थियो । प्रहरीले बरामद गरेकाे टल्कने ढुङ्गा 'क्वार्ज क्रिस्टल' रहेको खानी तथा भूगर्भ विभागले प्रमाणित गरेको थियाे ।
आजै गाेरखा नगरपालिकाले ‘टल्किने’ ढुङ्गा गोरखा दरबार परिसरमा राख्ने व्यवस्था मिलाइदिन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको थियाे ।
सम्बन्धित समाचार
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Naresh Magar
Aug. 21, 2023, 12:55 a.m.क्वार्ज क्रिस्टल जस्तो बहुमुल्य बस्तु जस्ले अहिलेसम्म पुजेर राखेको थियो उस्लाई स सम्मान साथ पुरस्कार प्रदान गर्नु पर्छ नत्र भने सरकारमा रहनेहरुले हस्त क्षेप किन गर्ने?
Uttam baral
Aug. 19, 2023, 6:22 p.m.आहिले सम्म सुरक्षित तरिकाले राखेर के गर्नु बिचरा नालायक सरकार दाऊ हेर्दै छ होला कति बेला गोरखा बाट त्यो बहुमुल्ले समान हरायो चोरी भयो भन्ने खबर बिस्तारै आउँछ त्यो जसको त्यो परिवार लाई ढुङ्गा को मूल्य बराबरको आधा रकम नालायक बाहुनवाद सरकारले दिनू पर्छ आहिले सम्म त संरक्षण मै थियो नी त्यो परिवार को
Bhupendra shahi
Aug. 18, 2023, 12:43 p.m.व्यक्तिगत सम्पति लुटेर संग्रालयमा राख्ने बाहानामा तेहि बाट वेपत्ता बानउने नियत हाे , त्याे सम्पति जस्काे हाे उसैलाई दिनु पर्छ ।
Rupesh paija
Aug. 17, 2023, 6:24 p.m.बिचरा जिहु बाजेदेखि संरक्षित गर्दै ाआएको पुर्ख्याैलि सम्पति मा गिद्दे नजर लगाउने नालायक सरकार कति रुपैया दिन्छ पुरस्कार?
बाबुराम श्रेष्ठ गाेरखा ।
Aug. 15, 2023, 9:59 p.m.क्वार्जक्रिष्टल बहुमुल्य बस्तु परिवारले पुस्ताैं देखि देवताकाे रूपमा पुंजिदै अाएतापनि याे बस्तु भनेकाे धातुनै हाे,। बहुमुल्यबस्तुकाे लागि सुरक्षा मजबुत हुनुपर्छ,गाेरखा दरवार मा हालकाे सुरक्षा ब्यबस्था त्यत्ति मजबुत छैन,यसभन्दा पहिले सुरक्षा ब्यबस्था कमजाेर भएका कारण गाेरखाकालिका मन्दिरमा देवीदेवताकाे गरगहना चाेरी भएकाे घटना ताजै छ, बहुमुल्य बस्तु भएकाे कारण क्वार्ज क्रिष्टल प्रति अार्थिक दृष्टिकाेणले दृष्टि पर्नसक्छ,कि त हालकाे सुरक्षा ब्यबस्थालाई बढाइनु पर्छ,सामान्य सुरक्षाले पुग्दैन, तयसैकारण मेराे बिचारमा गाेरखा सदरमुकाम ठुलाेअांगन स्थित एेतिहासिक गाेरखा संग्राहलयमा राखेमा अान्तरिक तथा बाह्य पर्यटककाे पनि अाकर्षण बढ्ने र त्यस्काे दर्शनकाे लागि छुट्टै टिकटकाे ब्यबस्था गरेमा राज्यलाई अाम्दानी पनि हुने र बजारकाे बिच भागमा भएकाेले सुरक्षित पनि हुने मेराे धारणा ब्यक्त गरेकाे छु । जाे जस्ले उक्त बस्तुलाई हालसम्म सुरक्षित राखी राष्ट्रिय सम्पत्तिलाई जाेगायाे उसलाई सुरक्षा गरेर राखे बापत पुरष्कृतगरि सम्मानगर्ने कुरा स्वागत याेग्य छ ।
netra bikram malla
Aug. 15, 2023, 9:55 p.m.aaphno purkhauli sampati pani bechna napaaune nepal ko kanun daib le janun. sojha sajha jantalai matra ho kanun le samaaune 100 kg sun layune neta lai dekhdaina kanun le .