उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
दाङ – सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले खोलेका सबै प्रकरणको छानबिन निष्कर्षमा पुग्ने दाबी गर्नुभएकाे छ ।
आज बुधवार दाङको घोराहीमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकारले खोलेका सबै खालको प्रकरणको फाइल गम्भीरताका साथ हेरिरहेको बताउनुभएकाे हाे । अहिले ती प्रकरणहरूमा अनुसन्धान भइरहेको र निष्कर्षम पुग्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विगतका प्रकरणमा भएका अनुसन्धान हेर्दा बीचैमा रोकिन्छ कि भन्ने आशङ्का उठ्नु स्वाभाविक छ तर अहिले त्यस्तो छैन । सरकारले आफ्नै घरको मान्छेलाई पनि छोड्दैन भन्ने कमिटमेन्ट गरेको छ, प्रधानमन्त्री स्वयंले पनि यसो भन्नुभएको छ ।’
भ्रष्टाचार, अनियमितताका विरुद्धमा लड्न सरकारलाई सबैको साथ र सहयोग आवश्यक पर्नेमा मन्त्री शर्माले जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।