इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – लगातार तीन दिनसम्म घटेर राताम्मे भएको शेयर बजार आज बिहीवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार ३३ दशमलव १३ विन्दुमा पुगेको छ ।
आझ म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ फन्डको शेयर १० प्रतिशत तथा लिबर्टी इनर्जी कम्पनीको शेयर साढे नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि लक्ष्मी इक्विटी फन्डको शेयर साढे सात प्रतिशतले घटेको छ ।
आज ४० लाख नौ हजार कित्ता शेयर एक अर्ब ५४ करोड १३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको १३ करोड ७१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
*विवरणमा फरक परेकाले सच्याइएकाे छ– सम्पादक ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।