पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

 भदौ २, २०८० शनिबार ८:५३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पद्मश्री साहित्यिक पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ ।

दोस्रो चरणमा विस्तारिक सूचीका १५ वटा पुस्तकमध्ये उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिनुभयो ।

उत्कृष्ट पाँच पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओजाको ऐंठन, डा. देविप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर र डा. नवराज केसीको शून्यको मूल्य रहेका छन् । पुरस्कारका लागि एक सय ८० पुस्तक प्रतिष्ठानमा दर्ता भएका थिए ।

अब यी पाँच मध्येबाट उत्कृष्ट एक पुस्तकले पद्मश्री पुरस्कार पाउनेछ ।
 

अन्तिम अपडेट: असोज २, २०८०

तपाईको प्रतिक्रिया