पोखरालार्इ नेपालको पर्यटन राजधानी बनाइने

 कात्तिक १४, २०७५ बुधबार १५:१९:४२ | रासस
unn.prixa.net

कास्की – गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने बताउनुभएको छ ।

नेपाल पर्यटन बोर्डको आयोजना एवं आइडिया इनोभेसनको संयोजनमा बुधबार पोखरामा पर्यटन उद्यमी सिड क्याम्पको शुभारम्भ गर्दै उहाँले पोखराका पर्याप्त पर्यटकीय सम्भावनालाई उजागर गर्न केन्द्रस्तरबाटै यसलाई पर्यटनको राजधानी घोषणा गर्न लागिएको बताउनुभयो ।

प्रकृति र संस्कृतिले भरिपूर्ण पोखरा वरपरका हिमश्रृङ्खला, तालतलैया, गुफालगायतका सम्पदाले यहाँको पर्यटकीय आकर्षण बढाएको बताउँदै यिनीहरूको संरक्षण र उपयोगमा सरकार लाग्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक काशीराज भण्डारी, बोर्डको पोखरा कार्यालयका प्रमुख मणिराज लामिछाने, आइडिया इनोभेसनका कार्यकारी प्रमुख कविराज जोशी, बोर्डको पोखरा कार्यालयका प्रशासन तथा कार्यक्रम अधिकृत प्रदीपराज गैरे लगायतले पोखरा र आसपासका पर्यटकीय सम्भावना लगायतका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया