पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – गएको वर्षदेखि आरम्भ भएको ‘काठमाण्डौ–कलिङ’ साहित्य महोत्सवको दोस्रो संस्करण भदौ १५ देखि १७ गतेसम्म काठमाण्डौमा हुने भएको छ ।
नेपालको यशस्वी प्रज्ञा–प्रतिष्ठान र भारतको कलिङ साहित्य महोत्सव (केएलएफ)को संयुक्त आयोजनामा हुने महोत्सवमा नेपाल, भारत, भूटान, बङ्गलादेश र श्रीलङ्कालगायत देशका साहित्यकार जमघट हुनेछ ।
दक्षिण एसियाको कला, साहित्य, सङ्गीत, सिनेमा, नृत्य, कविता, पत्रकारिता, पर्यटन, राजनीतिलगायत समसामयिक विषयमा प्रस्तुति र चर्चा परिचर्चा हुने त्यस महोत्सवमा विभिन्न देशका तीन सयभन्दा बढी लेखकको सहभागिता रहने जनाइएको छ ।
महोत्सव दक्षिण एसियाली क्षेत्रको सभ्यता, सांस्कृतिक र आध्यात्मिक संवादका साथै साहित्यिक दृष्टिकोणलाई बलियो बनाउने उद्देश्यले शुरु गरिएको महोत्सव निर्देशक रञ्जना निरौलाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले नेपालको बृहत् साहित्यिक, सांस्कृतिक तथा आध्यात्मिक परम्पराबारे विश्लेषण गर्ने र विश्वकै सोचको केन्द्रका रूपमा नेपालको यात्रालाई प्रतिविम्बित गर्ने विषयवस्तु समेटेका छौँ ।’
आयोजकका अनुसार महोत्सवमा भारतबाट पद्मश्री हलधर नाग, पद्मश्री सुदर्शन पटनायक, पद्मश्री नीला माधव पाण्डा, पद्मश्री अरुणा मोहन्ती, पद्मश्री अरुणा मोहन्तीजस्ता साहित्यकार सहभागी हुने जनाइएको छ ।
अभिनेत्री मनिषा कोइराला, तथा लेखिका दिव्या दत्त, दीप्ति नवल, सुरक्षा पन्त, गौरी मल्ललगायत अभिनेत्रीहरू महोत्सवमा सहभागी हुनुहुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुर्गाप्रसाद घिमिरे
Aug. 26, 2023, 9:28 a.m.यश प्रकारका साहित्य मेला महोत्सवहरुले नेपाली कला साहित्य र सिङ्गो वाङमयको क्षेत्रमा बिशिस्ट योगदान पुग्ने छ।