साउदी अरेबिया, यूएईसहित ६ वटा देशलाई 'ब्रिक्स' मा सामेल गराउने निर्णय

 भदौ ७, २०८० बिहीबार १४:२६:३९ | एजेन्सी
unn.prixa.net

विकासशील राष्ट्रहरूको समूह 'ब्रिक्स' मा थप छ वटा देश थपिने भएका छन् । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भइरहेको ब्रिक्सको तीन दिने शिखर बैठकले साउदी अरेबिया, इरान, इथियोपिया, इजिप्ट, अर्जेन्टिना र संयुक्त अरब इमिरेट्स (यूएई) लाई सामेल गराउने निर्णय गरेको छ ।

नयाँ देशहरू आउँदो अङ्ग्रेजी वर्ष अर्थात् सन् २०२४ देखि औपचारिक रूपमा ब्रिक्सको सदस्य बन्ने दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसामाले बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । अहिले ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका रहेका छन् । ४० वटाभन्दा धेरै देशले ब्रिक्सको सदस्य बन्न चासो देखाएकोमा २२ वटा देशले त औपचारिक रूपमा लिखित अनुरोध नै गरेका छन् ।

विश्वको कुल जनसङ्ख्याको ४० प्रतिशत र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को एक चौथाइ भाग ओगट्ने भए पनि ब्रिक्सले विश्वका प्रमुख मुद्दामा प्रभावकारी भूमिका खेल्न नसकेको भनेर आलोचना भइरहेको बेला यसलाई थप बलियो बनाउने प्रयासलाई महत्त्वका साथ हेरिएको छ ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया