अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा फुल्टन काउन्टी जेलमा आत्मसमर्पण

 भदौ ८, २०८० शुक्रबार ७:४३:४२ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प जेल चलान भएका छन् । ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेपछि औपचारिक रुपमा पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पमाथि सन् २०२० को राष्ट्रपतीय चुनावको परिणाम उल्टाउने प्रयास गरेको आरोप लागेको थियो । यस्तै, ट्रम्पको मग शट (अनुहारको तस्बिर) लिइएको छ । अमेरिकी कानुनका अनुसार प्रहरीले आरोपितको फोटो खिच्नुलाई मग शट भनिन्छ ।

ट्रम्पको औँठाछाप लिइ अनुहारको तस्बिर लिइएको खबरमा उल्लेख छ । अमेरिकामा यस्तो मग शट जारी हुनेमा ट्रम्प पहिलो पूर्व राष्ट्रपति भएका छन् । ट्रम्प जेल चलान भएपछि जेल बाहिर उनका समर्थकहरुको भिड लागेको छ । उनले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन् । ट्रम्पले सन् २०२४ मा फेरि चुनावमा भाग लिने तयारी गरिरहेका छन् ।
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया