झण्डै ३ वर्षपछि सामाजिक सञ्जालमा ट्रम्पको पहिलो ट्विट : जेलले जारी गरेको तस्बिर सार्वजनिक

 भदौ ८, २०८० शुक्रबार ८:४६:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी पूर्व राष्ट्रपति एवम् रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले झण्डै तीन वर्षपछि ट्विट गरेका छन् । सामाजिक सञ्जाल एक्स (जसलाई पहिले ट्विटरको नामले चिनिन्थ्यो) मा उनले ट्विट गरेका हुन् । मगशट भनिने प्रहरी रेकर्डमा राखिने तस्बिर सार्वजनिक गर्दै उनले ट्विट गरेका हुन् ।

तस्बिरसँगै उनले आफ्नो वेबसाइटको जानकारी पनि राखेका छन् । उनले सञ्चालन गर्ने अभियानका लागि यो वेबसाइटमार्फत् रकम सङ्कलन गरिने छ । यसअघि ट्रम्पले सन् २०२१ को जनवरी ८ तारिखमा ट्विट गरेका थिए । त्यसपछि अहिले पहिलो पटक ट्विट गरेका हुन् ।

 

सन् २०२१ मा अमेरिकी संसद् क्यापिटल हिलमा ट्रम्प समर्थकले हिंसा मच्चाएका थिए । यो घटनासँग सम्बन्धित ट्रम्पका ट्विटले थप हिंसा मच्चिने सम्भावना रहेको भन्दै ट्विटरले  प्रतिबन्ध लगाइदिएको थियो । गएको वर्ष ट्विटरलाई आफ्नो स्वामित्वमा लिएका एलन मस्कले ट्रम्पमाथिको प्रतिबन्ध हटाएको बताउनु भएको थियो ।  तर, ट्रम्ले यो सामाजिक सञ्जालको प्रयोग गरेका थिएनन् । उनले आफ्नै सामाजिक सञ्जाल बनाएका थिए । जर्जिया राज्यको फुल्टन काउन्टी जेलबाट रिहा भएपछि उनले ट्विट गरेका हुन् ।  

ट्रम्प २ लाख डलरको जमानतमा रिहा भएका बीबीसीले जनाएको छ । फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेपछि उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको थियो । त्यहाँ उनका औँठाछाप लिइएको र मगशट भनिने प्रहरी रेकर्डमा राखिने फोटो खिचिएको थियो ।

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया